२०८१ बैशाख १३ , बिहिवार

बाघको छालासहित चारजना पक्राउ

सुनाखरी न्युज / काठमाडौ- कैलालीमा बाघको छालासहित चारजना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–२ तेघरी सडकखण्डबाट उनीहरु पक्राउ परेका हुन् ।

 

आरआईटी र इलाका प्रहरी कार्यालय मालखेतीबाट खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला तेघरी सडकमा बुडरबाट धनगढीतर्फ आएको सुपप्र ०४–००१ च ०००६ नम्बरको बोलेरो जिपबाट बाघको छाला बरामद गरेको हो । पक्राउ पर्नेमा डोटी जोरायलका समिर ओली, कैलाली चुरे गाउपालिका –०६ बस्ने टेकबहादुर रावत, धिरेन्द्र रावत र बैतडी डिलासैनीका राजेन्द्र सिंह भण्डारी छन् । उनीहरु सबै बोलेरोमा सवार थिए ।

 

उनीहरुको साथबाट टाउको देखी पुच्छरसम्म ४ फिट ७ इन्च, पुच्छरको लम्बाई ३ फिट २ इन्च, चौडाई २ फिट २ इन्च भएको बाघको छाला र दुई किलो हड्डी बरामद भएको प्रहरीले जनाएको छ ।