२०८१ बैशाख ८ , शनिवार

भिभो भी२१ई को मूल्य घट्यो, अब मात्र रु.३७,९९९ मा उपलब्ध

सुनाखरी न्युज / काठमाडौ । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड,भिभोले आजआफ्नो सर्वाधिक रुचाइएको स्मार्टफोन मध्ये एकभी२१ई को मूल्य घटाएको छ।

 

भी२१ई को मूल्यदुई हजार रुपैंयाले घटेको छ र योअब नयाँमूल्यरु ३७,९९९ मा उपलब्ध हुनेछ । यो नयाँमूल्य देशभरका सबै रिटेल स्टोर र इकमर्समा लागू हुनेछ । भिभो नेपालका सीईओ माइकलले भने, “भिभोमा, हामी हाम्रा ग्राहकहरूको जीवन लाई समृद्ध बनाउन सधैं उत्साहित छौं र यो मूल्य घटेको घोषणा संगै नेपाली ग्राहकहरूका लागि हाम्रो प्रतिबद्धता पूरा गर्ने आशा गर्छौं। भी२१ई एक सुविधायुक्त स्मार्ट फोन हो जसले प्रयोगकर्ताहरू लाई उनीहरूका सबै विशेष क्षणहरू खिच्न उत्कृष्ट फ्रन्ट क्यामेरा प्रदानगर्दछ । भिभोमा, हामी हाम्रा उपभोक्ताहरू लाई उत्कृष्ट प्रविधिहरू प्रदान गर्न निरन्तर तत्पर छौं ।”

भी२१ई मा ४४ एमपीआई अटोफोकस फ्रन्ट क्यामेरा जडान गरिएको छ ।यसमाएआई नाइट पोट्रेट समावेश भएकालेउत्कृष्टफोटो र भिडियोहरु लिन सकिन्छ। यसको उत्कृष्ट–इन–क्लास फ्रन्ट क्यामेरा हार्डवेयर, अत्याधुनिक सफ्टवेयर र अटोफोकस सुविधाहरूको कारण स्पष्ट तस्वीरहरू, राम्रो नाइट शटहरू, र फोरके गुणस्तरमा अल्ट्रा–स्टेबल भिडियोहरू लिन सकिन्छ। शक्तिशाली ४४एमपीआई अटोफोकस फ्रन्ट क्यामेराको एफ÷२.०एपर्चरको साथे प्रकाश सीमितभएको वातावरणमा पनिराम्रो परिणाम दिन्छ। एआई नाइट पोट्र्रेटको साथमा, मल्टी–फ्रेम नोइजरिडक्सनएल्गोरिथ्म र एआई हाई–डेफिनिशन टेक्नोलोजी संयोजन गरिएको छ जसकारणप्रयोगकर्ताहरूलाईउत्कृष्ट नाइटफोटो खिच्न सजिलो हुन्छ ।

डुअल–भ्यू भिडियो, स्लो–मो सेल्फी भिडियो, फोर के सेल्फी भिडियो, र स्टेडिफेस सेल्फी भिडियो जस्ता उच्च–स्तरीयविशेषताहरूले प्रयोगकर्ताहरूलाई चाहेजस्तो परिणाम दिन्छ। एकै समयमा, प्रभावशाली ६४ एमपी नाइट क्यामेराले क्रमशःम्याक्रो फोटोग्राफी, वाइड–एंगल र थप जटिल शटहरू सहितउत्कृष्ट इमेज क्वालिटी प्रदान गर्दछ। फोनको फ्रन्टमा सहजभिजुअलइफेक्ट, कममोसन ब्लर, र समग्रमाउत्कृष्ट दृश्य अनुभवको लागिएचडीआर१० सँग भाइब्रन्ट ई३ एमोलेड डिस्प्ले छ। यसको अल्ट्रा–स्लिम बडी ७.३८ एमएमपातलो छ र तौल केवल १७१ ग्राम रहेको छ । योदुई आकर्षक रंग– रोमन ब्ल्याक र डायमंड फ्लेयर रंगमा उपलब्ध छ ।

 

भी२१ईमाक्वालकम स्न्यापड्रेगन ७२०जीप्रोसेसर छ जुन ८जीवी र्याम र १२८जीवी रोममा, ३जीवी एन्सटेन्डेबल र्यामको साथ आउँछ । यो इमर्सिभ गेमिङअनुभवको लागि अल्ट्रा गेम मोडको साथ आउँछ। ३३ वाट फ्ल्यास–चार्ज सुविधाको साथप्रयोगकर्ताहरूले निर्धक्क भएर आफ्नो कार्यहरु गर्न, फोटोहरु खिच्न, गेम खेल्न सक्छन् ।रु दुई हजारले मूल्य घटेसंगै भी२१ई देशभरको रिटेल स्टोर र इकमर्समाउपलब्ध छ ।