२०८१ बैशाख १३ , बिहिवार

मृगौला पिडित गायकलाई सहयोग रकम हस्तान्तरण

शिशिर पौडेल / पोखरा । लामो समय देखि मृगौला रोगवाट पिडित पोखरा १६ का युवा अर्जुन गायकलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । सामाजिक अभियन्ता शिवराज देवकोटाले पिडित गायकको सहयोगार्थ संचालन गर्नुभएको सहयोग संकलन अभियान मार्फत संकलित रकम १ लाख ५४ हजार ४ सय ६१ रूपैयाँ पिडित गायकको घरमा नै पुगि हस्तान्तरण गरिएको हो ।

 

सो रकम गण्डकी प्रदेशका भौतिक योजना, पुर्वाधार विकास ,शहरी , तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का , सुचना, संचार तथा प्रदेश मामिला मन्त्री विन्दु कुमार थापा, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना , अग्रज पत्रकार राज व गुरूङ, अभियन्ता देवकोटाले पिडित गायकलाई हस्तान्तरण गर्नुभयो । मन्त्री खड्काले जटिल रोगका विरामीलाई सरकारले नै सहयोग गर्ने वताउदै पिडित गायकको उपचारमा आफुले पनि आवस्यक सहयोग गर्ने वताउनु भयो । अभियन्ता देवकोटाले पिडित गायकको आर्थिक अवस्था दयनिय देखेर आफुले अभियान संचालन गरि सहयोग रकम संकलन गरेको वताउनुभयो । उहाँले अभियानमा सहयोग गर्ने सवै प्रती धन्यवाद व्यक्त गर्नुभयो।

 

हिमालय क्लवका सचिव समेत रहेका देवकोटाले यसअघि वल व नेपालीको घर टहरा निर्माण, क्यान्सर पिडित ७ वर्षिया वालिका, गोर्खाली दाईलाई सहयोग, मृगौला पिडित अन्य २ जना मृगौला पिडितको उपचारमा समेत अभियान मार्फत सहयोग गरेका थिए ।