२०८१ बैशाख १३ , बिहिवार

ग्लोबल आईएमई बैंककोले सुरु गर्‍यो छात्रवृत्ति कार्यक्रम

सुनाखरी न्युज / काठमाडौँ- ग्लोबल आईएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ ।

 

बैंकको ‘ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम अन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति पाएका छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ । महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै आर्थिक रुपमा सबल बनाउ सहयोग पुग्ने विश्वासका साथ यो कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

 

यो कार्यक्रमले आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरुलाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ । छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिंदै बैंकले सातै प्रदेश समेट्ने गरी हरेक वर्ष ३५ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै जाने बैंकले जनाएको छ ।