२०८१ बैशाख ८ , शनिवार

सचिवहरुको सरुवा, को कहाँ ?

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषदको  बिहीबार बसेको बैठकले सचिवहरु सरुवा गरेको हो ।

स्रोतका अनुसार  अर्थ मन्त्रालयका सचिव मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा, उद्योग, वाणिज्य तथा आपूर्ति मनलयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

 

बिहीबार नै सचिवमा बढुवा भएका दीपक काफ्ले लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएका छन् । त्यहाँ रहेका डिल्ली शर्मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका छन् ।

 

त्यस्तै  महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवाली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।