२०८० चैत्र १६ , शुक्रवार

अर्थ मन्त्रालयबाट मरासिनीको सरुवा, अर्थसचिवको जिम्मा पनि  राजस्व सचिव पुष्करलाई 

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले अर्थ सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने भएका छन् ।

मन्त्रिपरिषदको बिहीबारको  बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको समेत काम गर्ने जिम्मा दिएको हो । बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । मरासिनी गत आइतबारदेखि अर्थ मन्त्रालयमा हाजीर नभई विदामा बसेका थिए । जनार्दन शर्मा मन्त्री भएर आएपछि मारसिनी मन्त्रालयमा आउन मानेका थिएनन् ।

 

अर्थसचिवले स्वयमले मन्त्रालयमा रहेर काम गर्न इच्छुक नरहेको भन्दै सरुवा मागेकाले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।