२०८१ बैशाख ४ , मंगलबार

गाउँपालिका कार्यालयमा अध्यक्षकी श्रीमतीलाई जागिर

सुनाखरी न्युज / काठमाडौँ- अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदले श्रीमती जयसरालाई गाउँपालिका कार्यालयमा भान्से पदमा नियुक्ति दिलाएका छन् ।

 

उनले जेठ १५ गतेदेखि मंसिर १५ गतेसम्मका लागि नियुक्ति दिलाएका हुन् । जयसरासँग भएको करार सम्झौता र नियुक्तिपत्रमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीको हस्ताक्षर छ ।

सम्झौता अनुसार जयसराले मासिक २१ हजार ३०० तलबसहित पोशाक भत्ता १० हजार रुपैयाँ दशैं भत्तासमेत पाउने छिन् ।