२०७९ श्रावण २९ , आइतवार

वायुसेवा निगमका अध्यक्ष अधिकारी बर्खास्त

Capture

सुनाखरी न्युज / काठमाडौँ- सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ ।

 

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्ले एक महिनाअघि अध्यक्ष अधिकारीलाई स्पष्टिकरण सोधेको थियो । उनलाई बर्खास्त गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २२ बुँदे आरोपपत्र सहित मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

 

पर्यटनमन्त्री प्रेम आले आएपछि उनले तत्कालिन अध्यक्ष डिमप्रसाद पौडेललाई हटाएर कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गरेका थिए । पछि अधिकारीको कामप्रति असन्तुष्ट हुँदै आलेले नै उनलाई हटाएर निगमकै पाइलट दीपु ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका थिए । अधिकारी २३ असारको अदालतको आदेशबाट पुनः निगम फर्किएका थिए भने हाल निगममा अधिकारी कार्यकारी अध्यक्ष थिए भने ज्वारचन महाप्रबन्धक छन् ।