२०८१ बैशाख ७ , शुक्रवार

मुक्तिनाथ विकास बैंकले कमायो १ अर्ब ३७ करोड रुपैयाँ

सुनाखरी न्युज / काठमाडौँ- मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा १८.४७ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७७/७८ मा बैंकले १ अर्ब १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

यस्तै समीक्षा अवधिमा बैंकले २१.०८ प्रतिशतले ब्याज आम्दानी वृद्धि गर्दै ३ अर्ब ३७ करोड ६५ लाख ७९ हजार कमाएको छ भने सञ्चालन नाफा १९.५० प्रतिशतले वृद्धि गरेको छ । योसँगै बैंकको वितरण योग्य नाफा ८१ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको रिजर्भ कोषमा पनि ४४.३६ प्रतिशतले सुधार हुँदै १ अर्ब ६२ करोड २१ लाख रुपैयाँ जम्मा भएको छ भने प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७८ पैसा बढेर २४ रुपैयाँ २२ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा रहेको छ ।