२०८० चैत्र १६ , शुक्रवार

प्राईम लाइफको सीईओमा दाहाल नियुक्त

सुनाखरी न्युज / काठमाडौँ- प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मल दाहाललाई नियुक्त गर्ने निर्णयलाई बीमा समितिले बिहीबार स्वीकृत गरेको छ ।

 

समितिका कार्यकारी निर्देशक राजुमरण पौडेलले उक्त कुराको जानकारी दिएका हुन् । यसअघिका सीईओ मनोजकुमार भट्टराईको कार्यकाल गत असार मसान्तमा सक्किएपछि सो पद रिक्त दियो । कम्पनीको सञ्चालक समितिले दाहाललाई नियुक्त गरी स्वीकृतिका लागि समिति पठाएको थियो ।

 

चार बर्षका लागि नियुक्त भएका उनको प्राइम लाइफसहित बीमासहित बैंकिङ र विकासका क्षेत्रमा काम गरेको दुई दशक लामो अनुभव छ । दाहालले विनेशन एडमिनिष्ट्रेशनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातोकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।