२०८० चैत्र १६ , शुक्रवार

पब्जी मोबाइल नेपाल सिरिजको फाइनल खेल सुरु हुदै

सुनाखरी न्युज / काठमाडौँ – पब्जी मोबाइल नेपाल सिरिज २०२२ को सेमिफाइनल चरणका सबै खेल सम्पन्न भएको छ । फाइनल चरणका खेल साउन २० देखि २२ सम्म चल्नेछ । विजेता टिमले तीन लाख २० हजार नेपाली रुपैँया हात पार्नेछ भने उपविजेता र तेस्रो स्थानमा रहन सफल टिमले क्रमशस् एक लाख ५० हजार र एक लाख रूपैयाँ पाउनेछन ।

 

तीन दिन चलेको प्रतिस्पर्धाबाट १६ टिमले अन्तिम चरणमा स्थान बनाएका छन । यसअन्तर्गत भेनम लेजेन्ड, ब्ल्याक ई स्पोट्र्स, फ्युचर गेमिङ, टीटुके, डीआरएस गेमिङ, टिम एक्स्ट्रिम, विजेज क्लब, डीआरएस गेमिङ, भेन्टुनिज, ज्यानमारा ई – स्पोर्टस, इलिमेन्ट्रिक्स, इलुमिनेट क्रिउ, स्काइलाइट गेमिङ, विल अफ डि, हाइ भोल्टेज र सतन रहेका छन ।

 

 

सेमिफाइनलका सबै खेल खेल्दा टीटुके, डीआरएस गेमिङ र टिम एक्स्ट्रिम अंक तालिकामा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका थिए । त्यस्तै सेमिफाइनल पुगेको अर्को टोली टिम यूआरएललाई भने गेममा छेडछाड गरेको भन्दै प्रतियोगिताबाट निकालिएको थियो ।