२०८१ बैशाख ८ , शनिवार

मंसिर ४ मा संघ र प्रदेशको चुनाव एकै चरणमा

सुनाखरी न्युज / काठमाडौँ- सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

 

यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।