२०८१ बैशाख १३ , बिहिवार

गाई काटिरहेको अवस्थामा दुई जना पक्राउ

सुनाखरी न्युज / नेपालगञ्ज  – जिल्ला प्रहरी बाँकेमा गाई काटेर भागबण्डा गर्दै गरेको भन्ने विशेष सूचना आएपछि गएको प्रहरी टोलीले १६० किलो गाईको मासुसहित नेपालगन्ज १७ थुकैला गाउँबाट सोही स्थानका ५३ वर्षीय ओलीउद्दिन जोलाह र ४६ वर्षीय सलाउद्दिन जोलाहलाई रङ्गेहात पक्राउ गरेको बाँके प्रहरी प्रहरी प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन ।

 

जिल्ला प्रहरी बाँकेले नेपालगन्जबाट गाई काटिरहेको अवस्थामा दुई जनालाई रङ्गेहात पक्राउ गरेको छ । बरामद गरिएको गाईको मासुलाई नष्ट गरिएको छ ।

 

 

साउन १७ गते पक्राउ परेका दुवै जनालाई गौवध मुद्दा चलाई थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।