२०८१ बैशाख १३ , बिहिवार

विप्लव समूहका नेता मृत अवस्थामा फेला

सुनाखरी न्युज /काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता मृत फेला परेका छन् । पार्टीको विशेष कमिटीका सदस्य, सल्लानका पूर्व जिल्ला इन्चार्ज लोकमान केसी  बिहीबार बिहान मृत फेला परेका हुन् । छत्रेस्वरी गाउँपालिका–४ भिम्पे ठूलीखर्क घर भएका उनी बाग्चौर नगरपालिका–१० मोख्ला नजिकै धान खेतमा मृत भेटिएका हुन् ।

 

झोला बोकेका उनी धान खेतमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए । मोख्लाबाट स्यानीखालतिर जाने क्रममा भीरबाट लडेको जस्तो देखिएको भए पनि घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

 

घटनाको अनुसन्धान लगत्तै मृत अवस्थामा फेला परेका नेता केसीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको उनको भनाई छ ।