२०७९ श्रावण २५ , बुधवार

४५९ ग्राम खैरो हेरोइनसहित १२ जना पक्राउ

arrest

सुनाखरी न्युज / काठमाडौँ- प्रहरीले लागु औषध खैरो हेरोइनसहित १२ जनालाई पक्राउ गरेको छ। प्रहरीले नेपालका विभिन्न स्थाबाट ४५९ ग्राम खैरो हेरोइनसहित १२ जनालाई पक्राउ गरेको लागु औषध नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।

 

पक्राउ पर्नेमा ताप्लेजुङ फुङ्लिङ नगरपालिका-१ का २७ वर्षीय राजकुमार तामाङ, मौवाखोला गाउँपालिका-१ का ३५ वर्षीया सुशिला तामाङ, झापा भद्रपुर नगरपालिका-२ का २० वर्षीया संचमाया तामाङ, इलाम नगरपालिका-४ का ३२ वर्षीय दिपेश विश्वकर्मा र पाँचथर फिदिम नगरपालिका-९ का ३० वर्षीय काजिमान गुरूङलाई पक्राउ गरेको हो।

यस्तै मेचीनगर नगरपालिका-१५ का ३१ वर्षीय मनिराज लिम्बु, बझाङ जय पृथ्वी नगरपालिका-१० का २० वर्षीय उपेन्द्र जाग्री, झापा शिवसतासी नगरपालिका-९ का ३३ वर्षीय प्रेमहाङ सेलिङ, ३७ वर्षीय योगेश लिङ्देन र बुद्धशान्ति गाउँपालिका-४ का २७ वर्षीय विदुर आङ्बोलाई, रामेछाप नगरपालिका-९ का ४० वर्षीय जुनुमाइ मोक्तान र काठमाडौं-३ का ४३ वर्षीय अनुज शाहीलाई पक्राउ गरेको जनाइएको छ।

प्रहरीले सुशिलाबाट ८ ग्राम, संचमायाबाट १ ग्राम र मणिराजबाट ४५ ग्राम खैरो हिरोइन बरामद गरेको हो।प्रहरीले राजकुमार, सुशिला, संचमाया र मणिराजलाई साउन ३२ गते लोकन्थलीबाट जम्मा ५४ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए। उनका अनुसार जुनुमाईबाट ३८७ ग्राम, उपेन्द्र र प्रेमहाङबाट ७-७ ग्राम खैरो हेरोइन बरामद गरेको हो।प्रहरीले जुनुमाई, योगेश, बिदुर, उपेन्द्र, प्रेमहाङ, मणिराम र काजिमानलाई शनिबार काठमाडौंका विभिन्न स्थानाबाट पक्राउ गरेको हो। काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई लागुऔषध ऐन २०३३ अनुसार कारबाही भइरहेको जनाइएको छ।