२०७९ श्रावण २९ , आइतवार

चीनमा गाडीले किचेर एक युवकले गरे प्रेमिकाको हत्या

Capture

सुनाखरी न्युज / काठमाडौँ- चीनमा एक जना प्रेमीले आफ्नी प्रेमिकालाई कारले ठक्‍कर दिएर हत्या गरेका छन्। बुधबार हेबेई प्रान्तको ताङ्गशानमा वाङ नाम गरेकी एक महिलालाई झाङ नामका प्रेमीले पहिला ठक्कर दिए। उनी ढलेपछि प्रेमीले पटक-पटक गाडीले किचेर उनको हत्या गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।

 

त्यो भिडिओ अहिले चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्तामाझ भाइरल भइरहेको छ।घटना हुँदा त्यहा उपस्थित केही मानिसले ती प्रेमीलाई पटक-पटक रोक्ने प्रयास गरेका थिए। दुई जना पुरूषले गम्भीर अवस्थामा रहेकी वाङलाई तानेर सडक छेउमा लैजाने प्रयाससमेत गरेका थिए। तर झाङले गाडी फेरि स्टार्ट गरी उनीमाथि कुदाएका थिए। अचेत भइसकेकी वाङलाई उपचारका लागि अस्पताल पुर्‍याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए। घटनास्थलबाट भागेका झाङलाई प्रहरीले केही घन्टापछि पक्राउ गरेको थियो। प्रहरीले उनीहरूबीच विवाद भएको र त्यसकै कारण हत्या गरेको बताएको छ। विवाद के थियो भन्ने खुलाएको छैन। प्रहरीले अनुसन्धान जारी नरहेको जनाएको छ।

 

घटनाको भिडिओ रेड स्टार न्युजले वेइबोमा शेयर गरेको थियो। जुन चार करोड पटक हेरिएको छ। धेरैले यस घटनाप्रति दु:ख व्यक्त गरेका छन्। कतिपयले यो घटनालाई चीनमा हुने लैंगिक हिंसाको घटनासँग जोडेका छन्। यसअघि गत जुन १० मा ताङ्गशाङकै एक रेष्टुरेन्टमा पुरूषको एक समूहले चार जना महिलामाथि कुटपिट गरेका थिए। यस घटनामा दुई महिला अस्पतालमा भर्ना समेत भएका थिए। नौ जनालाई प्रहरीले पक्राउ गरेको थियो।एजेन्सी