२०८१ बैशाख ७ , शुक्रवार

यु-१७ राष्ट्रिय फुटबल टिमका लागि देशभरबाट छानिए ६० खेलाडी

सुनाखरी न्युज / काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १७ वर्ष मुनको राष्ट्रिय पुरुष फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको छ ।

 

देशैभरबाट खुल्ला छनोटमा आएका एक हजार भन्दा बढी खेलाडीबाट एन्फाले प्रारम्भीक चरणमा ६० खेलाडी छनोट गरेको हो। एन्फाले १७ वर्षमुनिको साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो।

 

एन्फाले टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरिसकेको छ। श्रीलंकामा आउँदो सेप्टेम्बर ५ देखि सुरू हुने साफ यु १७ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा भारत र भुटान रहेका छन् । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेश छन्।