२०८१ बैशाख १३ , बिहिवार

चिनियाँ नागरिक अपहरण आरोपमा ६ नेपाली पक्राउ

सुनाखरी न्युज / काठमाडौँ- काठमाडौंमा चिनियाँ नागरिकलाई बन्धक बनाएको अभियाेगमा ६ नेपाली पक्राउ परेका छन्।

लैनचौरबाट तीन चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती माग्ने ६ नेपाली पक्राउ गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ। बुधबार राति ती चिनियाँलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएको आरोप छ। बन्धक बनाइएका चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ।

 

तीन चिनियाँ नागरिकको ८ लाख रुपैयाँ र २७ थान मोबाइल समेत लुटेको प्रहरीको दाबी छ। उनीहरुले एक करोड रुपैयाँ फिरौती समेत माग गरेका थिए। अपहरणमा संलग्न केही व्यक्ति फरार रहेको बताइएको छ।