२०८१ बैशाख ६ , बिहिवार

बढ्यो सुनको मूल्य

सुनाखरी न्युज / काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा आठ सय रुपैयाँले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९६ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।