२०८० चैत्र १६ , शुक्रवार

युवकको पेटको शल्यक्रिया गरी निकालियो ६३ वटा सिक्का

सुनाखरी न्युज /  भारत –  छिमेकी मुलुक भारतमा यस्तै अनौठो शल्यक्रियाको घटना सार्वजनिक भएको छ । त्यहाँ एकजना ३६ वर्षका एक व्यक्तिको पेटबाट डाक्टहरुले १ भारुका ६३ वटा सिक्का बाहिर निकालेका छन ।

 

पेटमा निकै धेरै पीडा भएपछि ती युवकलाई मथुरादास माथुर अस्पतालमा लगियो । डाक्टरहरुले उनको पेटको एक्सरे बाट चेकजाँचपछि प्राप्त रिपोर्ट देख्दा डाक्टरहरु पनि अचम्ममा परे । उनको पेटमा ६३ वटा सिक्का थिए । डाक्टरहरुले दुई दिन लामो शल्यक्रिया गरेर ती सिक्का निकालेर विरामीको ज्यान बचाए । मानसिक अवस्थासमेत कमजोर रहेका ती युवकले चाहिँ आफूले कहिले सिक्का निलेको हो भन्ने कुरा बताउन सकेका थिएनन ।

 

हाल ती युवकलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ । एजेन्सी