२०८१ बैशाख १३ , बिहिवार

कालीगण्डकी नदीबाट अवैध नदिजन्य पदार्थको उत्खनन् कार्यमा संलग्न स्काभेटरहरू र सवारी साधनमा सिल

सुनाखरी न्युज/ पर्वत । कालीगण्डकी नदीबाट अवैध नदिजन्य पदार्थको उत्खनन् कार्यमा संलग्न स्काभेटरहरू र सवारी साधनमा सिल गरेको छ ।

 

नदीजन्य तथा खानिजजन्य पदार्थ जिल्ला अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख बिष्णुराम बि.क. , सह- संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, सदस्य सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, सदस्य प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी लगायत समितिको टोलीले कुश्मा नगरपालिका र जलजला गाउँपालिका अन्तर्गत कालीगण्डकी नदी किनारमा अनु‌गमन निरीक्षण गरी अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन् कार्यमा प्रयोग भएका निम्न बमोजिमका मेसिन, उपकरण तथा सवारी साधनहरूलाई सिल गरिएको व्यहोरा जानकारी गराइन्छ ।

 

निम्न:
१. कुश्मा नगरपालिका वडा नं. १ स्थित राजाको बगरमा मोडेल नं. SK 220XDLC-10 भएको KOBELCO स्काभेटर थान -१,
२. ऐ. ऐ. स्थानमा मोडेल नं. HD-96, ENGINE SERIAL. NO 4H2744/ 2120165 नं. को डोजर थान- १,
३. जिल्ला पर्वत जलजला गाउँपालिका वडा नं. ८ खनियाघाट स्थितमा मोडेल नं. PC210-8MO, SERIAL NO. N720957 को KOMATSU स्काभेटर थान-१,
४. ऐ. ऐ. लस्ती भन्ने स्थानमा ध.१ त. ५१५ नं. को ट्र्‌याक्टर थान- १
५. जि. पर्वत जलजला गा.पा वडा नं. ४ लामाखेत भन्ने स्थानमा ENGINE SN. H00155516, 220LC लेखिएको स्काभेटर थान- १ ।