२०८१ बैशाख ७ , शुक्रवार

खैरो हेरोइन सहित पक्राउ

सुनाखरी न्युज / काठमाडौँ- खैरो हेरोइनलगायत अवैध लागुऔषधसहित काठमाडौंका विभिन्न स्थानबाट २० जनाभन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।

 

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सबै नेपाली नागरिक रहेका बताइएको छ । ब्युरोले सोबारे आधिकारिक रूपमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

 

पछिल्लो समय लागुऔषधसहित विदेशी नागरिक बढी पक्राउ पर्दै आएका छन् ।