२०८१ बैशाख ७ , शुक्रवार

प्रशासनिक व्यवस्थापन तालिम समापन

सुनाखरी न्युज/ काठमाडौं । सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृतहरुको लागि संचालित सि.सं. १ प्रशासनिक व्यवस्थापन तालिमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले साउन १७ गते एक कार्यक्रमका बीच समापन गर्नुभयो ।

 

सोही अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिममा सर्वप्रथम हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक जगतसिंह डागालाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरुमा प्रशासनिक कामकारवाहीलाई प्रभावकारी तथा पारदर्शी ढंगले सम्पादन गर्न, संगठनमा आवद्ध सशस्त्र प्रहरी कर्मचारीहरुको अभिलेखिकरण, सजाय र पुरस्कार तथा गुनासो व्यवस्थापनमा यस किसिमको तालिमले थप सहयोग पु¥याउने बताउनुभयो ।

 

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिमबाट प्राप्त ज्ञानलाई सदुपयोग गर्दै आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई व्यवसायिक एवं कार्यालयको काममा एकरुपता ल्याउन सहजिकरणको भुमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । पाँच हप्ता अवधिको उक्त तालिम ९ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र २३ जना सशस्त्र प्रहरी निरीक्षक गरी कुल ३२ जना सशस्त्र प्रहरी अधिकृतहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् ।

 

कार्यक्रममा उक्त प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।