२०७९ श्रावण २५ , बुधवार

ओरालो लाग्यो सुनचाँदीको मूल्य

gold

सुनाखरी न्युज/ काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।

 

महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मुल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ भने चाँदीको मुल्य १० रुपैयाँले घटेको हो ।

 

आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार तीन रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार आठ रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।