२०८१ बैशाख १३ , बिहिवार

प्रभु बैंक र गैर आवासीय नेपाली सङ्घ बिच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । प्रभुबैंक लिमिटेड र गैर आवासीय नेपाली सङ्घ बिच विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैकिङ् सेवा सम्बन्धि सम्झौता भएको छ ।

 

उक्त सम्झौतापत्रमा बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गैर आवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष विनोद कुवँरले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार “मातृभुमिको सम्मानका लागि नेपालमा खाता खोलौ”भन्नेमुल नाराका साथ प्रभु बैंक रगैर आवासीय नेपाली सङ्घको सहकार्यमा गैर आवासीय नेपाली तथा गैर आवासीय नेपाली सङ्घका सदस्यहरुले विदेशकाजुनसुकै देशहरुबाट पनि विदेशीमुद्रामा बचत खाता र मुद्धती खाता खोल्न तथा संचालन गर्न सक्नुहुनेछ । यस प्रकारका खाताहरु अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर र जापानिज येन मा न्युनतम मौज्दात अमेरिकी डलर एक हजार वा सो बराबरको उपर्युक्त परिवत्र्य विदेशी मुद्रा कायम गरी खोल्न सक्नुहुनेछ ।

 

यसरी खोलिएको खातामा नेपाल राष्ट्र बैंकको निति, नियम तथा निर्देशनको अधिनमा रहि विदेश बाटै बैंकिङ्ग प्रणलीबाट मात्र रकम जम्मा गर्नु पर्नेछ यस्ता खातामा नगद रकम जम्मा गर्न पाईने छैन, जम्मा गरेको रकम तथा आर्जन गरेको ब्याजविदेश मानै फिर्ता लानु परेमाजम्मा गरेकै मुद्रामाजुन देशबाट रकम पठाएको हो सोही देशमानिक्षेप कर्ताको नाममा रहेको बैंक खातामा मात्र पठाईनेछ । तर यस्ता खातामा रहेको रकम नेपालमै खर्च गर्न तथा रकमान्तर गर्न सकिनेछ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै गैर आवासीय नेपाली सङ्घका अध्यक्ष विनोद कुवँरले, गैर आवासीय नेपालीको तर्फबाट विदेशमा सिकेको सिप, ज्ञान र दक्षतालाई कुनै न कुनै रुपमा नेपाल र नेपालीहरुको हितमाप्रयोग गरीरहेको बताउनु भयो साथै बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले, गैर आवासीय नेपालीहरु तथा विदेशमाकाम गररिहेका नेपालीनागरीकहरु लाई बैंकबाट उपलब्ध गराउने सम्पुर्ण सेवाहरु उपलब्ध गराउने प्रतिबद्ता ब्यक्त गर्नु भयो ।