२०८० चैत्र १५ , बिहिवार

टाटा मोटर्सको जुलाईको मासिक बिक्रि अहिले सम्मकै उच्च

सुनाखरी न्युज/ काठमाडौं । टाटा मोटर्सले गतजुलाई महिनाको आफ्नो बिक्रि तथ्यांक सार्वजनिक गरेको छ।विगत एक वर्षदेखि उल्लेखनीय रुपमा भारतीय बजारमा बिक्रि भईरहेको यस कम्पनीको विक्री परिमाण उक्त महिना पनि उच्च रह्यो ।

 

यस वर्षकोजुलाई महिनामा टाटा ब्राण्डका ४७,५०५ वटा गाडीहरु विक्रीभयोजबकि अघिल्लो वर्षकोयसै महिना ३०,१८४ वटा गाडीहरु विक्रीभएको थियो। तुलनात्मक हिसाबले यो ५७ प्रतिशतको वृद्धि दर हो। नेक्सन एसयुभीटाटा मोटर्सको सबैभन्दा बढी बिक्रिहुने मोडेल हो र यो सम्पूर्ण गाडी उद्ध्योगको सबैभन्दा वढी बिक्रिहुने ५ गाडीहरुमध्ये एक पनि हो। यसएसयुभीको अलावापन्च र एल्ट्रोजको बजार विक्रीअवस्था पनि निरन्तर रुपमा उत्साहजनक बन्दै गएको छ। परिणाम स्वरुप टाटाका गाडीहरुको कूलबिक्रीको वृद्धिमाप्रत्येक महिनानयाँ÷ नयाँरेकर्डको कायमभईरहेको छ ।

 

गतमहिना५,४३३ वटा टाटा टिगोरको (कम्प्याक्ट सेडान) बिक्रिभएको थियो। यो मासिकबिक्रि संख्यायसको सन् २०१७को मार्च महिनामाबजारमा सार्वजनिक भएपछिको सबैभन्दा उच्चहो। mनेक्सन, टियागो र टिगोरको संरचनामा सन् २०२०को सुरुवातमा परिमार्जन भएपश्चातयीतिनै वटा गाडीहरुको बिक्री परिमाणमा ठूलो अभिवृद्धि भएको छ। गतवर्षको जुलाई महिनाको तुलनामा यस वर्ष सोहीमहिनामा नेक्सनको बिक्रीमा १०५ प्रतिशतले वृद्धि भएको छ। यसरी यस गाडीलेटाटा ब्राण्डको कूलवृद्धिमा ६४ प्रतिशत हिस्सा ओगटेको छ।

 

सन् २०२१ को अन्तिमतिर बजारमा ल्याइएको पन्चमाइक्रो एसयुभीको बिक्री दर पनि गतमहिना सबैभन्दा उच्च रहेको छ। सुरक्षाको लागिउपाधिप्राप्त यो पाँच सिट क्षमताको गाडी अल्फाप्ल्याटफर्ममाआधारित दोश्रो मोडल हो। गतमहिना ११,००७ वटा पन्चबिक्रीभएको थियो जसका कारण टाटा मोटर्सले भारतीय चारपांग्रे बजारको मासिक बिक्री परिमाणमा एक अर्को नयाँ रेकर्ड कायम गर्न सफलभएको छ।

 

टाटा मोटर्सको नेक्सन ईभी र टिगोर ईभीको गत महिना कूल बिक्री संख्या ४,०२२ रहेको छ। यो संख्या कम्पनीको आज सम्मकै विद्धुतीय गाडीको क्षेत्रमा सबैभन्दा उच्च हो। आफ्नो विद्धुतीयगाडीहरुको बढ्दो लोकप्रियता बाट उत्साहित हुदै कम्पनीले ठूलो ब्याट्री प्याक र लामो दूरी तय गर्न सक्ने क्षमता भएको नेक्सन ईभीम्याक्स बजारमा ल्याएको हो।