२०८० चैत्र १६ , शुक्रवार

अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

सुनाखरी न्युज/ चितवन ।
अविरल वर्षाका कारण गए रातिदेखि परेको  अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सफा गरेसँगै सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका(२९ मौरीखोला पुलमा मंगलबार राति पहिरो खसेपछि बाटो अवरुद्ध भएको थियो ।

मौरीपुलको पहिरो सफा गरेपछि बुधबार बिहान सवा नौ बजेबाट दुईतर्फी नै सवारी चल्न सुरू भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिएका छन् ।

 

अधिकारीका अनुसार गए राति साढे दुई बजेतिर पहिरो खस्दा भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति पुगेको थियो ।

मौरीपुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो ।