२०७९ श्रावण २८ , शनिवार

बैंक अफ काठमाण्डूले मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी वापतको मुद्दा जित्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको यस बैंक अफ काठमाण्डू लिमिटेडले उक्त जमानत सम्बन्धी परेको भुक्तानी सम्बन्धी मुद्दा जितेको छ ।

 

मेलम्ची खानेपानी आयोजनाको ठेक्कापाएको चाइना रेल्वेकाका तर्फ बाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेड लाई काउन्टर ग्यारेन्टी दिएको थियो ।

 

यो फैसला संगै बैंकले काउन्टर ग्यारेन्टी वापतका मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६,६२५,०१० र युरो १,४११,४५३ वापतको रकम बैंक अफ काठमाण्डू लिमिटेडले फिर्ता पाउने भएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिनु भयो ।