२०८१ बैशाख ८ , शनिवार

घुस लिएको आरोपमा पर्यटन मन्त्रालयका उपसचिव अख्तियारको नियन्त्रणमा

सुनाखरी न्युज/ काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाललाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । उनले प्याराग्लाईडिङ सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

 

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपाललाई सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित काठमाडौं महानगरपालिका, वडा नं। १ मनकामना मार्गस्थित अरण्य होटलको कम्पाउण्डबाट नियन्त्रणमा लिइएको हो ।