२०८० चैत्र १५ , बिहिवार

बजेट कार्यान्वयन प्रभावकारी रूपमा गर्न मन्त्री-सचिवलाई प्रधानमन्त्रीको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको बजेट र कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।  सिंहदरबारमा मन्त्री र सचिवहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मंगलबार वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको जानकारी लिँदै प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बैठकमा प्रधानमन्त्री देउवाले सरकारको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको जानकारी लिएको र थप प्रभावकारी ढंगले जनताको अपेक्षाअनुसार कार्यसम्पादन गर्न निर्देशन गरेको जानकारी दिए ।बैठकमा सरकारका काम कारबाहीबारे समीक्षा समेत भएको छ ।

 

प्रधानमन्त्री देउवाले यसअघि २१ पुसमा पनि यस्तै संयुक्त बैठक राखेर जनताको अपेक्षाअनुसार गर्न भन्दै निर्देशन दिएका थिए ।