२०८१ बैशाख ४ , मंगलबार

घोराहीमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

सुनाखरी न्युज/ काठमाडौं- दाङको घोराही उपमहानगरपालिका १५ कपासीमा मृत भेटिएका एक पुरुषको पहिचान खुलेको छ ।

 

घोराही–तुलसीपुर सडकको किनारमा मंगलबार बिहान मृत भेटिएका पुरुष दाङको लमही नगरपालिका १ दोरहीका ६० वर्षीय रेशमराज पौडेल रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए । उनी केही दिनदेखि परिवारको सम्पर्कमा नरहेको र स्वास्थ्य समस्याका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

अहिले मृतकका परिवार सम्पर्कमा आएर शव बुझ्ने तयारी भइरहेको रिजालले बताए ।