२०८१ बैशाख १२ , बुधवार

स्वास्थ्य संस्था टाढा हुँदा बीच बाटोमै सुत्केरी भइन् २१ वर्षीया मिना

सुनाखरी न्युज/ जाजरकोट- जाजरकोटको बारेकोट गाउँपालिका–३ पहाडा मुल्सामकी २१ वर्षीया मिना नेपाली बाटोमै सुत्केरी भएकी छन्।

नेपालीलाई सुत्केरी बेथाले च्यापेपछि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा लैजाँदै गर्दा बाटोमै सुत्केरी भएकी हुन्। उनी छ घण्टा हिँडेर प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा आउँदै थिइन्। करिब ६ घण्टा बाटोमा बोकेर ल्याउँदा ल्याउँदै सुत्केरी व्यथाले च्यापेपछि विकले बाटोमै सुत्केरी हुनु परेको हो।

 

भौगोलिक विकटता, प्रसूतिगृह टाढा हुनु, परिवारको आर्थिक अवस्थालगायत कारण कर्णालीका महिला बाटोमै सुत्केरी हुन बाध्य छन्।रासस