२०८१ बैशाख १३ , बिहिवार

छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

सुनाखरी न्युज/ काठमाडौं- काठमाडौंको सिनामंगलमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको जावलाखेल स्थित फ्युचर स्टार कलेजमा पढाउने सन्तोष कठेत छन् ।

 

सिनामंगल स्थित होटलमा छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । बलात्कृत छात्रा ति शिक्षकसँग ट्युसन पढ्थिन् । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।