२०८१ बैशाख ८ , शनिवार

अबैध रुपमा भारत तर्फ लैजादै गरेको ३३५ केजी सुपारी बरामद

सुनाखरी न्युज/ झापा । झापाका दुई छुट्टाछुट्टै स्थानबाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको ३३५ केजी सुपारी बरामद भएको छ ।

 

अबैध रुपमा सुपारी चोरी निकाशी भईरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट सोमबार बिहान १७५ केजी सुपारी बरामद गरेको तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ बाटै १६० केजी सुपारी बरामद गरेको हो ।

 

बरामद भएको सुपारी आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।