२०८० चैत्र १६ , शुक्रवार

नागपञ्चमीका अवसरमा कर्णाली प्रदेशले दियो आज सार्वजनिक बिदा

सुनाखरी न्युज/ काठमाडौं । कर्णाली प्रदेश सरकारले नाग पञ्चमी पर्वका अवसरमा आज मंगलबार सार्वजनिक बिदा दिएको छ ।

 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै मंगलबार सार्वजनिक बिदा दिएको हो । प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का अवसरमा सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

 

प्रदेश मन्त्रिपरिषद्को २०७८ चैत २९ मा बसेको बैठकले प्रदेश सरकारले २०७९ सालमा दिने बिदासम्बन्धी निर्णय गरेको थियो ।