२०८१ बैशाख ११ , मंगलबार

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आफ्ना ग्राहकहरुलाई Rushka’s Makeup Studio मा विशेष छुट

सुनाखरी न्युज/ काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बनेपा र काठमाडौंमा अवस्थित Rushka’sBeauty Parlourand Makeup Studio मा बिशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र Beauty Parlour का तर्फ बाट उक्त कम्पनीका संचालिकारुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषाडेबिट कार्डतथामोबाइल बैंकिङ्गप्रयोगकर्ताहरुले Rushka’s Makeup Studio को Beauty Course मा 15% , Beauty Parlour Service मा 20% , Beauty Related Productमा 10% छुट प्राप्त गर्न सक्नु हुनेछ ।

 

यस बैंकलाई् आमजनमानसले गरेको प्रगाढ विश्वास,अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।