२०७९ भदौ १ , बुधवार

प्रियंका कार्कीको ‘कमब्याक’ पक्का

Capture

सुनाखरी न्युज/ काठमाडौं- ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्म ‘फूलबारी’मा अभिनेत्री प्रियंका कार्की जोडिएकी छन् । प्रमुख भूमिकाको लागि प्रियंका अनुबन्धित भइसकेको निर्देशक गुरुङले  जानकारी दिए ।

 

दयाहाङ राई र विपिन कार्की यसअघि नै फिल्मको प्रमुख पुरुष कलाकारमा फाइनल भइसकेका छन् । गत बैशाख २५ गते रिलिज भएको फिल्म ‘लक्का जवान’पछि प्रियंका अभिनयमा फर्किन लागेकी हुन् । त्यसयता उनले छोरीलाई जन्म दिइन् । प्रियंका कमब्याकको लागि यतिबेला शारीरिक रुपमा फिट हुन कसरत गरिरहेकी छन् । भदौ १३ गतेदेखि छायांकन सुरु हुने फिल्ममा रंगमञ्च कलाकारहरु अरुणा कार्की, सोम खनाल पनि जोडिने चर्चा छ ।

 

फ्यामिली ड्रामा जनरामा निर्माण हुन लागेको फिल्मले अभिभावक र सन्तानको कथा पेश गर्छ । यो फिल्ममा विपिनले ५८ वर्षीय पात्रको भूमिकामा अभिनय गर्दैछन् । सम्भवतः उनको जोडीको रुपमा अरुणा हुने सम्भावना छ ।