२०८१ बैशाख ७ , शुक्रवार

आँखाले दिन्छ ब्याड कोलेस्ट्रोल बढेको संकेत

सुनाखरी न्युज / काठमाडौ  – हाई कोलेस्ट्रोलका कारण हाई ब्लड प्रेशर, मधुमेह, हृृदयघात, ट्रिपल भेसल डिजीज र कोरोनरी अर्टरी डिजीज जस्ता खतरनाक रोगहरु लाग्छ ।

कोलेस्ट्रोल बढेको रगत परीक्षणबाट थाहा पाउन सकिन्छ । यद्यपि, सुरुवाती स्टेजमा शरीरमा विभिन्न किसिमका संकेत देखिन्छ, जसलाई बुझ्नु आवश्यक छ ।शरीरमा ब्याड कोलेस्ट्रोल जम्मा भएको संकेत आँखाको माध्यमबाट पनि प्राप्त हुन्छ । जब हाम्रो आँखा वरपर पहेँलो दाग देखिन्छ, यो ब्याड कोलेस्ट्रोल बढेको संकेत हुन सक्छ ।

 

 

आँखा वरपर पहेँलो फोका हुनुलाई ठूलो समस्याको रुपमा लिइन्छ, जसलाई जेन्थेलाज्मा भनिन्छ । भविष्यमा यसैका कारण हाईपोथायरायडिज्म अथवा लिभर डिजिजको खतरा उत्पन्न हुन्छ । आँखा वरपर कोलेस्ट्रोल आँखाको परेलामाथि र तलको कानको भित्र समेत हुन्छ । यसबाट खतरनाक छालाको समस्या हुन्छ, किनभने समयसंगै यो समस्या बढ्न थाल्छ । त्यसैले जब शरीरमा यस्ता लक्षण देखिन्छन् तब यसलाई वेवास्ता गर्नु हुँदैन । तुरुन्त डाक्टरकहाँ जानु पर्छ र छिट्टै रगत परीक्षण गरेर उपचारतिर लाग्नु पर्छ ।

 

 

जेन्थेलाज्माको जोखिम अथवा आँखा वरपर कोलेस्ट्रोल जम्मा हुँदा विशेष गरेर त्यस्ता मानिस, जसको शरीरमा तल दिइएको समस्या हुन्छ जस्तै
मोटोपनका शिकार भएका मानिस ।
घुम्रपान गर्ने मानिस ।
महिलाहरु ।
हाई ब्लडप्रेशरका रोगी ।
मधुमेहका रोगी ।
जसको लिपिड लेभल हाई छ ।
३० देखि ५० बर्षका व्यक्ति ।