२०८१ बैशाख ७ , शुक्रवार

मदिरा सेवन गरी विद्यालय गएका प्रधानाध्यापक पक्राउ

सुनाखरी न्युज/जाजरकोट-  मदिरा सेवन गरी विद्यालय गएका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले मदिरा सेवन गरी विद्यालय गएका जिल्लाको त्रिभुवन माध्यमिक विद्यालयका प्राधानाध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरेको हो ।

 

उनी सोमबार बिहान मदिरा सेवन गरेर विद्यालय प्रवेश गरेका थिए । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ललाई प्रक्राउ गरिएको हो ।

 

उनलाई पक्राउ गरेर जिल्ला अस्पताल जाजरकोटमा मेडिकल चेकजाँचका लागि लगिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए । अस्पतालको रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढाइने उनले बताए ।