२०८१ बैशाख ११ , मंगलबार

माग्ने बुढाले सामाजिक सञ्जालबाट हटाए विवादित दृश्य

सुनाखरी न्युज / काठमाडौं– माग्ने बुढाको निर्देशनमा रहेको टेलिभिजन कार्यक्रम कमेडी हबुको प्रोमोमा सम्मिलित विवादित दृश्य हटाइएको छ । प्रोमोमा रहेको उक्त दृश्यमा महादेवको अवतारमा एक कलाकारले अभिनय गरेका थिए ।

 

 

जो कार्यक्रमकी अर्की महिला कलाकार सिता न्यौपानेसँग नजिक भएको दृश्यमा हास्यव्यंग्यात्मक शैलीमा देखिएका थिए। तर, उक्त दृश्य प्रसारण भएसँगै हिन्दू धर्ममाथि प्रहार भएको र धर्मको मजाक उडाएको भन्दै आलोचना भएको थियो ।

 

 

 

सामाजिक सञ्जालमार्फत उक्त प्रोमोको दृश्य राख्दै गायक सञ्जय श्रेष्ठले आपत्ति जनाएका थिए। उक्त दृश्यमा हिन्दू धर्मको अपमान गरिएको भन्दै उनले आपत्ति जनाएका थिए। त्यस्तै, टिकटक तथा एमआरआरजस्ता विभिन्न फेसबुक ग्रुपमा पनि प्रोमोमा सम्मिलित दृश्यले हिन्दू धर्मको अपमान गरेको भन्दै आलोचना भएको कार्यक्रमको प्रोमोमा सम्मिलित दृश्य विवादमा आएपछि निर्देशक घिमिरेले उक्त दृश्य हटाइएको बताएका छन ।