२०८१ बैशाख १३ , बिहिवार

सामुद्रिक शक्ति बढाउने रुसी राष्ट्रपति पुटिनको घोषणा

सुनाखरी न्युज/ काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सामुद्रिक शक्ति बढाउने घोषणा गरेका छन् । रुसको नौसेना दिवसको अवसरमा सेन्टपिटरर्सबर्गमा आयोजित कार्यक्रममा उनले रुस महान सामुद्रिक शक्ति बन्न चाहेको बताएका हुन् ।

 

आफ्नो देश अमेरिकी प्रभुत्वको सामना गर्न सक्ने गरी ‘महान सामुद्रिक शक्ति’ बन्न चाहेको उनको भनाइ छ । राष्ट्रपति पुटिनले रुसको स्वतन्त्रता र सम्प्रभुतामाथि चुनौति दिन खोज्नेहरुका लागि नौसेनाको शक्ति बढाउनु महत्वपूर्ण रहेको उल्लेख गरे ।‘नेटो’को प्रसारका साथसाथै समुद्रमा प्रभुत्व बढाउने अमेरिकाको कोसिस रुसका लागि ठूलो खतरा भएको पनि उनले बताए ।

 

पुटिनले रुसको स्वतन्त्रता र सम्प्रभुतामाथि आक्रमण गर्नेहरुविरुद्ध जिरकोन हाइपरसोनिक क्षेप्यास्त्र सेनालाई उपलब्ध गराइनेपनि घोषणा गरेका छन् । ति क्षेप्यास्त्रले ध्वनीको गतिमा आक्रमण गर्ने क्षमता राख्ने बताइएको छ । एजेन्सी