२०८१ बैशाख ८ , शनिवार

मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचन मिति तोक्ने तयारी

सुनाखरी न्युज/ काठमाडौं- मन्त्रिपरिषदको नियमित बैठक आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । दिउँसो बालुवाटारमा बस्ने बैठकवाट सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्ने सम्भावना रहेको छ ।

 

निर्वाचन आयोग मंसिर दुईमा एकै चरणमा निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ । प्रधानमन्त्री देउवाले केही दिन तलमाथि हुन सक्ने भन्दै मंसिर चार गते निर्वाचनको मिति तोक्ने तयारी गरेका छन् । सामान्यतया निर्वाचनका लागि एक सय विस दिन समय आवश्यक पर्ने आयोगको भनाइ छ । मिति घोषणाका विषयमा केही दिनदेखि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सत्ता साझेदार दलसँग परामर्श समेत गरिरहेका छन् ।

 

चुनावको मिति घोषणा र तयारीलाई लिएर गृहमन्त्री बालकृष्ण खाँणले पनि सत्ता साझेदार दलसँग परामर्श गरेका छन् । २०७४ मंसिर १० मा ३२ जिल्ला र मंसिर २१ मा ४५ जिल्ला गरी दुई चरणमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन गरिएको थियो।आयोगले प्रतिनिधिसभाको निर्वाचन पूरा गरी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत पुस मसान्तभित्र गरिसक्नुपर्ने प्रस्ताव गरेको छ।