२०८१ बैशाख १३ , बिहिवार

बिप्लव विरूद्ध पक्राउ पुर्जी जारी

सुनाखरी न्युज/ काठमाडौं । ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (बिप्लप) प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायतका नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

 

अदालतले उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, बिस्फोटक पदार्थ बिस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरूद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दामा ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । अदालतले उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनेको छ । उनीहरूमाथि लागेका ती मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको अदालतले जनाएको छ ।

 

पक्राउ पुर्जी जारी गरिएकाहरूमा मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम र पदमबहादुर राई पनि रहेका छन् ।