२०८० चैत्र १५ , बिहिवार

आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशतमा सीमित

सुनाखरी न्युज/ काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०८९ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशतमा खुम्चिएको अनुमान गरेको छ ।

 

यसअघि लक्ष्य संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४ दशमलव १ प्रतिशतमा सीमित राखेको हो । गत वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो । तर, त्यसमा पनि संशोधन गर्दै वृद्धि दरमा १ दशमलव ७४ प्रतिशतको संकुचन हुने प्रक्षेपण मन्त्रालयले गरेको हो ।

 

पहिलो पटक सरकारले गत वर्षको बजेट मार्फत ७ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र कृषि विकास बैंक लगायतले गत आर्थिक वर्षमा औसतमा ४ प्रतिशतको वृद्धिदर रहने प्रक्षेपण गरेका थिए ।