२०८० चैत्र १५ , बिहिवार

कोरोना भाइरस सङ्क्रमण फेरि बढ्न थाल्यो, बुस्टर डोजलाई अनिवार्य गरौ

सुनाखरी न्युज / काठमाडौं – साउन महिनायता सङ्क्रमणका कारण १५ जनाको मृत्यु भएको स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमित थपिने क्रमसँगै कुल सक्रिय सङ्क्रमितको सङ्ख्या पनि उकालो लागिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

 

जेठ ३१ गते १२ जना नयाँ सङ्क्रमित थपिएकोमा त्यसको सातौँ दिन २८ जना सङ्क्रमित फेला परेको तथ्याङ्क छ।गएको एक सातामा ९ गते अर्थात् सोमबार १ जनाको मृत्यु भएको थियो भने १० गते, २ जनाको मृत्यु भएको थियो । क्रमशः बुधबार १, बिहीबार २, शुक्रबार ३ र शनिबार २ जनाको मृत्यु भएको थियो । पछिल्लो गएको २४ घण्टामा ६२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५६७ पुगेको छ ।

 

शरीरमा एकभन्दा बढी रोग भएका साथै कोरोनाविरुद्धको खोप नलगाएकालाई सङ्क्रमण हुनबाट जोगाउनका लागि सबै सावधानी अपनाउन अतिआवश्यक रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले कोरोनाविरुद्धको खोप नलगाए र एकभन्दा बढी रोग भएका बिरामी अस्पतालमा भर्ना भएको पाइएको छ ।

 

 

कोभिडका नौ नयाँ लक्षण थपिए  , भेरिअन्ट पत्ता लगाउने जीन सीक्वन्सिङ के हो?

सामान्य लक्षण भएका सबै जनाले परीक्षण नगराउने भएकाले सङ्क्रमितको सङ्ख्या अझ बढी हुन सक्ने देखिन्छ।केही दिनयता भारतमा पनि कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै बढेको त्यहाँको केन्द्रीय स्वस्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । कोरोना सङ्क्रमणका कारण देशका विभिन्न अस्पतालमा ३३ जनाको आई।सी।यूमा उपचार भइरहेको छ । भेन्टिलेटरमा ५ जनाको उपचार भइरहेको छ । यस्तै, होम आइसोलेसनमा रहेका सङ्ख्या ४ हजार ४ सय २४ रहेका छ । जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ३ हजार २ सय १२ रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ३१ जना आइसोलेसनमा रहेका छन् ।