२०८१ बैशाख १२ , बुधवार

नेपाली राष्ट्रीयता र अस्तित्व लाई बन्धकमा राख्ने प्रयास : डा.लोहनी

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रजातन्त्रको उदारवादी आदर्श लाई हाकाहाकी दुरुपोग गरेर एकातिर नेपाली राष्ट्रीयता र अस्तित्व लाई बन्धकमा राख्ने प्रयास भैरहेको बताउनु भएको छ ।

डा.लोहनीले सामाजिक सन्जालामा लेख्दै भनेका छन : प्रजातन्त्रको उदारवादी आदर्श लाई हाका हाकी दुरुपोग गरेर एकातिर नेपाली राष्ट्रीयता र अस्तित्व लाई बन्धकमा राख्ने प्रयास भैरहेछ भने अर्को तिर भ्रष्टाचार र लुटतन्त्र लाई प्रजातन्त्र को विशेषता र पद्धितीको रुपमा संस्थाकरण गर्ने अभियान द्रुत गतिमा अगाडी बढी रहेको छ।

 

यसै क्रममा श्रीलंका मा जस्तो नेपाल मा पनि नया “राजपाक्षे ” हरु सम्माननिय देउबा जी र पुष्प कमल जी को सम्रक्ष्यता तथा प्रोत्साहनमा निस्की रहेका छन । जनार्दन शर्मा यो नयाँ “विकास” का जिता जागता उदहारण हुन्। यो यथार्थता लाई मनन गरेर यसको बिरुद्ध डटेर संघर्ष गर्नु हामी राष्ट्रबादीहरु को देश प्रति को कर्तब्य हो लोहनी ले भनेका छन ।