२०८१ बैशाख १२ , बुधवार

सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप चलाउन निःशुल्क इन्टरनेट

सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंकले आफनाग्राहकहरुलाई “No Data, No Problem”योजना अन्तर्गत मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ।

 

यो योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेल सिमप्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउनु हुनेछ । मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिलभुक्तानी, QR Code भुक्तानी, मोबाइल टप अप प्रयोग गर्दाअसिमितनिःशुल्कइन्टरनेट डाटाप्रयोग गर्न पाउनुहुनेछ । यो योजना १ अगष्ट, २०२२ देखि लागूभएकोछ ।

 

सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहनगर्न यो सेवा ल्याएको हो । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।