२०७९ श्रावण २७ , शुक्रवार

भेटघाट तथा परिचयात्मक कार्यक्रममा व्यस्त एसपी गौतम

Capture

सुनाखरी न्युज/ काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालयप्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम भेटघाट तथा परिचयात्मक कार्यक्रममा व्यस्त रहेका छन ।उनले जिल्ला मा हुने अपराधिक घटना न्युनिकरण र शान्ति सुरक्षा कायम गर्नका लागी सबै सगँ सो भेट गरेका हुन ।

 

मकवानपुर जिल्लामा रहेका महिला बाल-बालिका, जेष्ठ नागरिक, अपाङ्गता तथा फरक क्षमता भएका ब्यक्तीहरुको संरक्षणमा काम गर्ने बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग जिल्लाको समसमाहिक बिषयमा छलफल तथा प्रहरीबाट अपेक्षित काम कारबाहीको बारेमा गरिएको अन्तर्कृया तथा परिचयात्मक कार्याक्रम गर्नु भएको छ ।

 

त्यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले मकवानपुर जिल्लामा रहेका सम्पुर्ण पुर्व प्रहरी कर्मचारीहरु संग जिल्लाको शान्ती सुरक्षा, अपराधका अबस्था, अपेक्षित प्रहरी काम कारबाहीको बारेमा गरिएको अन्तर्कृया तथा परिचयात्मक कार्याक्रम गर्नु भएको छ ।