२०८१ बैशाख १३ , बिहिवार

“राखेपमा सदस्यहरुको नियुक्ति चाँडै”

सुनाखरी न्युज
काठमाडौं ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराले राष्ट्रिय खेलकुद परिषद ९राखेप० मा नियुक्त गर्नुपर्ने सदस्यहरुको चाँडै टुङ्गो लाग्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आइतबार बसेको १ सय १३ औं बोर्ड बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष समेत रहेएका मन्त्री गहतराले केही निकायका प्रतिनिधिहरु नियुक्त गर्न बाँकी रहेको भन्दै छिट्टै बोर्डलाई पूर्णता दिने बताएका हुन् ।

 

ओलम्पिकको प्रतिनिधि, पाराओलम्पिकको प्रतिनिधि, विश्वविद्यालयको प्रतिनिधि र राखेपकै एक सदस्य आउन बाँकी छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै वार्षिक कार्ययोजना बनाउनका लागि राखेपको पहिलो बोर्ड बैठक बसेको हो । बोर्ड सदस्य हरि खड्का नेपाल पुलिसमा जागिरे रहँदा गलत प्रमाणपत्र बुझाएकोमा अदालतबाट दोषी ठहर भएपछि खड्काको पद स्वतः रिक्त थियो । सोही पद र अन्य निकायका सदस्य नियुक्त गर्न बाँकी छ । मन्त्री गहतराजले बोर्डले पूर्ण आकार पाइसकेको बताए ।

मन्त्री गहतराजले बोर्डको बैठक बसेर गरेका निर्णयबाट खेलकुदका कामलाई अगाडि बढाउनु पर्ने सुझाव दिए । संस्थाबाट गरिने निर्णयबाट संस्थाहरुको औचित्यता झल्किने भन्दै अडिग रही काम गर्न आग्रह गरे ।