२०८१ बैशाख १३ , बिहिवार

अमेरिकी राष्ट्रपति बाइडन फेरि कोरोना संक्रमित

सुनाखरी न्युज/काठमाडौं ।

अमेरिकी राष्ट्रपति जो बाइडन पुनः कोरोना संक्रमित भएका छन् । उनका डाक्टरहरुले यसलाई ‘रिबाउन्ड इन्फेक्सन’ भनेका छन् ।

राष्ट्रपति बाइडनमा सबैभन्दा पहिले २१ जुलाईमा कोरोनाबाट संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना संक्रमणको सामान्य लक्षणहरु थिए ।

उनले आफूमा कोरोना संक्रमणका कुनै लक्षण नदेखिए पनि आफू आइसोलेसनमा रहने बताएका छन् ।

त्यसपछि गत मंगलबारदेखि शुक्रबारसम्म चार पटक गरिएका परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर अहिले फेरि बाइडनमा कोरोना संक्रमण देखिएको बीबीसीले जनाएको छ ।